९ सय ५० लिटर अबैध घरेलु मदिरा नष्‍ट

संदिप प्रसाद यादव
457 पाठक संख्या

बारा प्रहरीले ९ सय ५० लिटर अबैध घरेलु मदिरा नष्‍ट गरेको छ ।

प्रहरी कारवाहीको सिलसिलामा आइतबार इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ०१ स्थित घैरघारीमा १५ स्थानमा अवैध रुपमा सञ्चालन गरेको अबैध मदिरा भट्ठी नष्‍ट गरिएको हो ।

नष्ट गरिएको कच्चा पदार्थ ७ सय ५० लिटर अन्दाजी मुल्य रू. ४५ हजार रुपैयाँ र तयारी मदिरा २ सय लिटर अन्दाजी मुल्य रु २० हजार रुपैयाँ बराबरको रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार पाँच थान ड्रम,१ थान मेसिन र सिल्भरको भाडो १ थान बरामद गरिएको छ ।

Leave a review