Sajhedari Daily
Latest News from Nepal

उपमहानगरपालिकाको छाप र रसिद किर्ते प्रकरणमा वडाअध्यक्ष सहित छ जनामाथि प्रहरीद्धारा पक्राउ पुुर्जी जारी

रञ्जन यादब/
बारा प्रहरीले सरकारी छाप र रसिद किर्ते प्रकरणमा वडाअध्यक्ष सहित छ जनामाथी पक्राउ पुर्जी जारी गरेको छ ।
नदिजन्य उत्खनन् अनुमति लिनुपुर्व खोलामा जीतपुुरसिमरा उपमहानगरपालिकाको छाप र रसिद किर्ते गर्ने छ जनामाथि बारा प्रहरीले पक्राउँ पुुर्जी जारी गरेको हो ।

जीतपुरसिमरा उपमहानगरको छाप र रसिद किर्ते गर्ने विनोद साह निमार्ण सेवाका सञ्चालक कलैया उपमहानगरपालिका वडा नं.१६ का वडाअध्यक्ष शेषनाथ साह सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ पुर्जी जारी गरेपछि मुख्य ठेकेदार सहित ३ जना फरार भएका छन ।

प्रहरीले खोलामा रसिद काट्ने र सवारी साधन प्रयोग गर्ने ३ जना पक्राउ परेका छन् भने मुख्य ठेकेदारहरु फरार रहेको बारा प्रहरी प्रमुुख एवम् प्रहरी उपरिक्षक कृष्ण प्रसाद पङ्गेनीले बताएका छन ।

कलैया उपमहानगरपालिका वडा नम्बर १६ का बहालवाला वडाध्यक्ष शेषनाथ प्रसाद साहको ठेक्का कम्पनी विनोद साह निर्माण सेवासँग जीतपुरसिमरा उपमहानगरले चालु आर्थिक वर्षका लागि भ्याटबाहेक १३ करोड ७६ लाखमा दुधारौ, बालगंगा र पसाहा खोला उत्खनन ठेक्का सम्झौता गरेको थियो ।

प्रहरीले यसअघि ठेकेदारले काममा लगाएका ३ जना कर्मचारीहरु सन्तोष साह, मनोज न्यौपाने र अजय कुमार साहलाई पक्राउ गरी सरकारी छाप किर्तेमा जिल्ला अदालतमा मुद्दा दायर गरेर थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.

error: Content is protected !!