बाईजुराज समिति बारा,पर्साले ५० जना विद्यार्थीलाई स्टेशनरी वितरण

सन्तोष पाण्डे
609 पाठक संख्या

कोल्हवी,०४ भदौ । श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति बारा,पर्साले स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

समितिले तेस्रो स्थापना दिवसको अवसरमा बाराको कोल्हवी ८ नयाँवस्तीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा तेस्रो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा बाईजुराज समितिले स्थनीय ५० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी वितरण तथा १०८ दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

बाईजुराज समिति बारा,पर्साकी अध्यक्ष मन्दिरा उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएको पंडित शास्त्री संजय प्रणामी,निवर्तमान वडा अध्यक्ष सार्थक पौडेल,युवा परिषद बाराका उपाध्यक्ष सन्तोष पाण्डे,स्थानीय मन्दिर समितिका अध्यक्ष होमनाथ उप्रेती,बाईजुराज समिति नयाँवस्ती प्रासकी अध्यक्ष हिरा खड्का लगायतकाले शुभकामना तथा बाईजुराज समितिको स्थापाना एवम् बाईजुमहारानीको सन्देश,महिमाका वारेमा चर्चा गर्नुभएको थियो।

सो अवसरमा स्थानीय श्री नेरामावि नयाँवस्तीका ५० जना विपन्नत तथा जेहन्दार विद्यार्थीहरुलाई प्रमुख अतिथि,विशिष्ठ अतिथि एवम् अतिथिहरुले स्टेशनरी वितरण गर्नुभएको थियो ।

कार्यक्रमको संचालन बाईजुराज समिति बारा,पर्साकी निवर्तमान अध्यक्ष ईन्दिरा बरालले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष ईन्द्रावति तिमल्सिनाले गर्नुभएको जिल्ला सदस्य लक्ष्मी खड्काले जानकारी दिनुभएको छ ।

Leave a review

This will close in 0 seconds