नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता कायम राख्न भनेर लेखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा मंगलबार एक पोष्ट राख्दै उनले यस्तो स्टाट्स् राखेका हुन् ।
स्वतन्त्र न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भने स्वतन्त्र प्रेस लोकतन्त्रको प्राण ! उनले लेखेका हुन् ।
यी दुबैको सहअस्तित्व र विश्वसनीयतामा नै लोकतन्त्र सबल र सुदृढ़ हुनसक्दछ स्टाट्समा उनले तर्क गरेका छन् ।
मेरो अस्तित्वमाथि प्रश्न उठाईस् भने तेरो अस्तित्व सकाइदिन्छु भन्ने सोचमा सम्मानित अदालतले प्रेसको स्वतन्त्रता कुण्ठित गर्न मिल्छ ?
भनेर लम्सालले स्टाटसमा प्रश्न गरेका छन् । यो कदापि स्वीकार्य छैन भनेर उनले लेखेका हुन् ।

