बिद्यालयमा स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम गरिने

रञ्जन यादव
357 पाठक संख्या

जेठ १ गते देखि सप्ताहब्यापी विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गर्ने भएको छ ।

उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले आयोजना गरेको स्वास्थ्यकर्मि र निजी बिद्यालयका प्रतिनिधिहरुसँगको स्वास्थ्य कार्यक्रम सम्बन्धी अभिमुखिकरण तथा समिक्षा गोष्ठी कार्यक्रममा जनस्वाथ्य शाखा प्रमुख रबि भाष्करले यस्तो जानकारी दिएका हुन् ।

यस अन्तर्गत विद्यालयमा पहिलो दिन पोषण सम्बन्धी प्रदर्शनी गरिने छ । दोस्रो दिन जनचेतनामुलक कार्यक्रम गरिने छ । तेस्रो र चौथो दिन जुकाको औषधी ख्वाउँने कार्यक्रम रहेको छ ।

पाचौँ दिन सरसफाई कार्यक्रम गरिने छ । छैठो दिन हाजरी जवाफ प्रतियोगिता हुनेछ ।सातौँ दिन बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा रहेको जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ ।

बिद्यालयका बिद्यार्थीहरुमा स्वस्थ्यकर बानि विकास गर्ने र भबिष्यमा रोगमुक्त बनाउँने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको हरेक वडाको बिद्यालयमा बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम हुने जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ ।

Leave a review