दुई लाख नौ हजार तीन सय बराबरको अवैध सामान प्रहरीद्वारा बरामद

संदिप प्रसाद यादव
381 पाठक संख्या

बारा प्रहरीले दुई लाख नौ हजार तीन सय रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट अबैध भन्सार छलीका कुनै किसमको बिल भरपाई नभएको सो सामान बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलिले जीतपरसिमरा उप–महानगरपालिका वडा नम्बर २ सूर्य नेपाल अगाडी बीरगंजबाट जनकपुर तर्फ जाँदै गरेको ना ५ ख २७४९ नम्बरको यात्रुबाहक बसमा लोड रहेको साडी–४९ पिस,कुर्ता सुरुवाल– ९ पिस,कपडा –२१ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कपडाहरुको अन्दाजी मूल्य एक लाख ७० हजार तीन सय रुपैयाँ बराबरको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाही स्थितमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रू.२७ हजार रुपैयाँ बराबरको हाफ पाईन्ट १ सय ८२ पिस बरामद गरेको छ ।

त्यसैगरी प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको यात्रु बाहक बसमा लोड रहेको अन्दाजी मुल्य रु. १२ हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ ।

उक्त अवैध सामानहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाढि बढाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds