केही दिनदेखी परेको वर्षाका कारण बारा सहितको जनजीवन प्रभावित

साझेदारी दैनिक
साझेदारी दैनिक 339 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह /
केही दिनदेखी बारा लगायतका देशभर परेको अविरल बर्षाको कारण बारा सहितको जनजीवन प्रभावित वनेको छ ।
दुई तीन दिनदेखी लगातार बर्षा भईरहेका लागि जनजीवन प्रभावित बनेको हो । निरन्तर रुपमा परिरहेको पानीका कारण मानिसहरू आ(आफ्नो घरबाट समेत बाहिर निस्कन सकेका छैन्न।

लगातारको बर्षाले मानिसहरूको सम्पूर्ण दैनिक कार्यहरू समेत प्रभावित बनेको छ । एकतर्फ कोरोना भाइरसको महामारीको कारण मानिसहरू त्रसित मानिसहरु लगातार भारी बर्षासगै बाढि पहिरोको खतराले झन त्रसित बनाएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष नवराज खड्काले बताएका छन ।

बाराको अधिकांंश पालिकाहरुका किसानहरुले लगायतका स्थानहरुमा लगाईएको भदैया धान पाकिसकेको भएपनि लगातार परेको पानीले खेतमै उम्रने थालेको छ । जिल्लाका अधिकांश सडकहरु हिलाम्य वन्दा आवतजावतमा समेत समस्या परको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review