Sajhedari Daily
Latest News from Nepal

विद्यालय भवनको शिलान्यास

Top Aside Banner

कलैया उपमहानगरपालिका वडा नम्बर २२ स्थित रहेको मदरसा इस्लाहुल मुस्लेमीन मदिलवाको प्राङ्गनमा दुई कोठे भवन निर्माण हुने भएको छ ।

उक्त भवनको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादवले बुधवार शिलान्यास गरेका छन। विद्यालयमा कक्षा कोठाको अभाव भएपछि नगरपालिकाबाट २६ लाखको बजेट छुटयाई थियो । सो अवसरमा बोल्दै नगरप्रमुख यादवले मुस्लिम समुदायका विद्यार्थीहरुको पठनपाठनमा सजिलोहोस भनेर भवन निर्माण गर्न लागिएको बताएका छन ।

भवनको अभावले विद्यार्थीहरुको मनमा बसेको कक्षाकोठाको अभाव हटेपछि पढाईमा रुचि देखाएर नगरको शिक्षाको विकासमा फडको मार्ने आफु बिश्वस्त रहेको नगरप्रमुख यादवले बताए । यस्तै नगर प्रमुख यादवले गुणस्तरिय शिक्षाको सवालमा आफुले कसैसंग पनि सम्झौता नगर्ने समेत बताएका छन।

शिलान्यास कार्यक्रममा कलैया उमनपा वडा नम्बर २२ का वडा अध्यक्ष लालबाबु यादव, वडा नम्बर २१ का वडा अध्यक्ष पुनदेव रौनियारको समेत विशेष सहभागिता रहेको थियो ।

विद्यालय भवनको शिलान्यास कार्यक्रमको संचालन सियाराम यादवले गरेको कार्यक्रममा स्थानिय समाजसेवी, स्थानीय भद्रभलादमि लगायतको सहभागिता रहेको थियो ।