कलैया : बारा प्रहरीले अबैध लागू औषध अफिम जस्तो पदार्थ सहित दुई जना पक्राउ गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्ट बाट मंगलबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा मोटरसाईकल चालक चितवन कालिका नगरपालिका वडा नम्बर ३ बस्ने ५० बर्षिय संचलाल वाईवा र मोटरसाईकल पछाडी सवार मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ४८ बर्षिय हिरालाल वाईवा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनीहरुको साथ बाट दुई किलो पांच ग्राम लागू औषध अफिम जस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले मा हेटौंडाबाट वीरगँज तर्फ जादै गरेको प्र.३–०३–००२ प ८११ नम्बरको १२५ सि.सि.को डिस्कभर मोटरसाईकललाई चेकजांच गर्ने क्रममा उनीहरुलाई अबैध लागु औषध सहित पक्राउ गरेको हो।
मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखिएको अवस्थामा सो लागु औषध बरामद गरिएको हो । बरामद भएको लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ताले बताएका छन ।

