सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन नेविसंघ बाराद्वारा चार सुत्रीय ज्ञापन

साझेदारी दैनिक
348 पाठक संख्या

नेपाली कांग्रेस निकटस्थ नेपाल विद्यार्थि संघले सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन लगायत चार सुत्रीय माग गर्दै ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

नेपाल विद्यार्थि संघ बाराका अध्यक्ष समिर चौधरी नेतृत्वको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र प्रस्तुत गरेको हो ।
उसले जिल्ला प्रशासन कार्यालय बारा मार्फत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदलाई ज्ञापनपत्र मार्पmत ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई कानुनको दायरामा ल्याई कानुनी कारवाही गर्न माग गरिएको छ ।

सहकारी ठगीमा संलग्न सहकारी संस्था,सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुन दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानवीन समिति गठन गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

विद्यार्थि केन्द्रित आवश्यक परिमार्जन एवम् संशोधन सहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागु गर्न उक्त ज्ञापनपत्रमा माग गरिएको छ ।

उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलव्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय मर्यादित र उपलव्धीपूर्ण मनाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

विश्व विद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना,सञ्चालन नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा पेश गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

Leave a review