दीपावली तथा छठ पर्व नजिकिएसँगै वीरगञ्जमा बढ्यो माटाका भाँडाको बिक्री

राम मण्डल
372 पाठक संख्या

वीरगञ्ज : पर्साको सदरमुकाम वीरगञ्ज बजारका माटोका भाँडाको पसलहरु चोक चोकमा खुलेको छ।

साथै यस्ता भाँडाको बिक्री बढेको पनि छ। दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जको घण्टाघरमा माटोको भाँडा बिक्री गर्ने पसलहरु बढेका हुन्।

दीपावली तथा छठ पर्वका लागि विशेषगरी माटोले बनेका सामग्री प्रयोग हुने हुँदा माटाका सामग्रीको पसल चोक चोकमा खुलेको हो। पर्साको सदरमुकाम वीरगञ्जको घण्टाघर चोकमा दर्जन भन्दा बढी माटोको भाँडा बिक्री गर्ने पसल थापिएको छ।

मधेस प्रदेशकै बिभिन्न जिल्लाहरुबाट तथा भारतबाट पनि पसलेहरु माटोको भाँडा लिएर बिक्री गर्नको लागि राखेका छन्। दिपावली तथा छठ पर्वमा विशेष गरी माटाका दियो, कलश, करुवा,ढकनी,हात्ती जस्ता माटाले बनेका सामग्रीहरू प्रयोग हुने गर्छ।

यस्तो सामाग्री आकर्षक देखिने हुँदा बजारमा यी सामग्रीको माग बढेको छ। दीपावली र छठपर्वमा माटोको भाँडाको बिक्री बढी हुने भएकाले गाउँबाट माटोको भाँडा बनाएर बिक्रीका लागि वीरगञ्ज आएको पर्साको पकहा मैनपुर गाउँपालिकाका जयनारायण पण्डितले साझेदारी दैनिकलाई बताए।

तीन दिन अघि पसल थापेको बताउदै छठपर्बसम्म यही बसेर माटोको भाँडाा बिक्री गर्ने उनले बताए। दिपावलीको लागि विद्युतीय सामग्रीले बनेको दियो तथा अन्य सामानहरु बजारमा उपलव्ध भएपनि पूजा गर्नको लागि माटोको भाँडोको नै प्रयोग गर्ने भएकाले त्यस बेलामा बिक्री बढने पण्डितले बताए।

बर्षमा सिजन अनुसार गमला,घैला,ढकनी,ताउलो,दियो आदि सामग्रीहरु बनाउने गरेको उनले बताए। दीपावली र छठपर्वको लागि माटोको भाँडाहरु बनाए्र बजारमा ल्याएको जानकारी दिए । दीपावली, छठमा प्रसाद राखेर भगवान चढाउनका लागि माटाका सामग्री प्रयोग हुने गरेको छ ।

अन्य समयको तुलनामा दीपावली र छठ पर्बमा माटोले बनेको सामानहरुको बिक्री बढने हुदा पसलको संख्या पनि थपिएको हो। माटाको भाँडा बनाउदै आएका कुम्हाल समुदाय वर्षभरि कामको अभाव हुने गरेपनि चाडपर्वको समयमा भने राम्रो आम्दानी हुने गरेको बताउँछन ।

Leave a review