४६ लाख ७३ हजार बराबरको अवैध सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
430 पाठक संख्या

बारा प्रहरीले ४६ लाख ७३ हजार बराबरको अवैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानमा गाडीहरूलाई रोकी जाँच गर्ने क्रममा अवैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

सो ट्रकबाट बिल भरपाई भन्दा बढी सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. ४६ लाख ७३ हजार दुई सय ५६ रूपैयाँ बराबरको अवैध सामान रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित जीतपुर स्थित वीरगंजबाट रूपन्देही तर्फ जाँदै गरेको ना ६ ख १३०२ नम्बरको ट्रकमा लोड गरेको हार्डवेयर,कपडा,टायर तथा अन्य खुद्रा सामानहरू बरामद गरेको छ ।

उक्त ट्रकबाट अन्दाजी मूल्य रू.४६ लाख १३ हजार दुई सय ५६ रुपैयाँ बराबरको बिल भरपाई भन्दा बढी सामानको स्रोत खुलाउन नसकेको अवैध सामान प्रहरीले बरामद गरेको हो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ जीतपुर चोक स्थित वीरगंजबाट पथलैया तर्फ जाँदै गरेको ग २ ख ९९ नम्बरको बसमा लोड रहेको १ सय २० पिस कुर्ता सुरुवाल अन्दाजी मुल्य रू.६० हजार रुपैयाँ बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।

अवैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय,पथलैया बारामा पठाईएको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds