तीन जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
364 पाठक संख्या

बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले दुनिया बादी फैजदारी मुद्दामा अदालतबाट तीन महिना कैद र १० हजार रुपैया जरिवाना पाएका जिल्लाको आदर्शकोतवाल गाँउपालिका वडा नम्बर १ चिउटाहा बस्ने अन्दाजी ५६ वर्षीय मोसाफिर महतो कोईरीलाई पक्राउ गरेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले वन मुद्दामा अदालतबाट एक महिना कैद सजाय पाएका कोल्हवी नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी ४१ वर्षीय साधु भन्ने श्याम किशोर चौधरीलाई पनि पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले जालसाजी मुद्दामा अदालतबाट दुई सय रुपैयाँ जरिवाना पाएका सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ कटहरीया बस्ने अन्दाजी ७० वर्षीय भोला दास तात्मालाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।

बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds