गढीमाई मेलामा ब्रहमकुमारीको प्रबचन कार्यक्रमको मेयर यादवद्वारा उद्घाटन

साझेदारी दैनिक
222 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैया बाराले १२ ज्योतिर्लिङ्ग दर्शन,चैतन्य झाँकी,कैलाश पर्वत दर्शन तथा प्रवचन कार्यक्रमको आयोजना गरेको छ।

उसले बाराको महागढीमाई नगरपालिका १ स्थित पञ्चवर्षीय गढीमाई मेलामा सो कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रमको उद्घाटन शनिबार एक कार्यक्रमका बीच महागढीमाई नगरपालिकाका नगर प्रमुख एवम् पञ्चबर्षिय गढीमाई मेला संचालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले गरेका छन्।

नगर प्रमुख यादवले विश्व प्रसिद्ध गढीमाई मेलालाई भव्य र सभ्य बनाउन सबैको सहयोगको अवश्यकता रहेको बताए। उनले विश्व प्रसिद्ध मेलामा आउने भक्तजनहरुको सुविधाको लागि मेला संचालन तथा व्यवस्थापन समिति लागि परेको जानकारी दिए ।

भक्तजनहरुलाई कुनै किसिमको असुविधा नहोस् भनेर विभिन्न उपसमितिहरु गठन गरिएको उनले बताए ।

ब्रहम कुमारी राजयोग सेवा केन्द्रले स्वच्छ एवं स्वस्थ्य समाजका लागि महत्वपूर्ण योगदान दिँदै आएको उनको भनाई रहेको थियो। ब्रहमकुमारी राजयोग सेवा केन्द्र वीरगंजका क्षेत्रिय संचालिका रविना दिदीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा सञ्चालन सुष्मा बहन एवम् स्वागत गंगा बहनको रहेको थियो । सो अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाका प्रमुख मिना दिदी कार्यक्रममा पञ्च वर्षीय गढीमाई मेला संचालन तथा व्यवस्थापन समितिका प्रमुख प्रवक्ता परमहंश यादव,महागढीमाई नगरपालिका ५ का वडाध्यक्ष तथा मनोरंजन समितिका संयोजक गजेन्द्र प्रसाद जयसवाल लगायतको सहभागिता रहेको थियो ।

मेला अवधीभरका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

Leave a review

This will close in 0 seconds