टाँगियाबस्तीमा महिलाहरुको निम्ति प्रजनन् स्वास्थ्य रुग्णता स्क्रिनिङ्ग शिविर

रञ्जन यादव
279 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना टाँगियाबस्तीमा महिलाहरुको निम्ति एक दिने प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ्ग शिविर सम्पन्न भएको छ ।

जीतपुरसिमरा वडा नम्बर १६ मा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाको आयोजनामा भएको शिविरमा गाईनेकोलोजिस्ट डा.चाँदनी पाण्डे लगायतको स्वास्थ्यकर्मीले महिलाहरुको स्वास्थ्य चेकजाँच गर्नुभएको थियो ।

शिविरमा ९९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँच(भि.आई.ए.) गरिएको थियो । जसमध्ये भिआइए १४ जनामा पोजिटिभ र दुई जनालाई पाठेघर खस्ने समस्याको लागि रिङ्ग पेसरी राखिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबर्दन शाखा प्रमुख रबि भाष्कर जानकारी दिए ।

शिविरमा आङ्ग (पाठेघर ) खस्नेको स्क्रिनिङ्ग र ब्यवस्थापन,पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्,स्तनको क्यान्सरको स्क्रिनिङ्ग,महिनावारीको समस्या,सेतो पानी बग्ने,तल्लो पेट दुख्ने लगायतको चेकजाँच तथा ब्यवस्थापन गरिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबर्दन शाखाले जनाएको छ ।

दुर्गमका महिला आर्थिक अभाव र चेतनाको कमीले रोग लुकाएर घरमै बस्ने गरेका छन्। उनीहरूलाई लक्षित गरी निःशुल्क शिविर सञ्चालन गरिएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले बताए ।

Leave a review

This will close in 0 seconds