पर्सामा ट्राफिक नियम उल्लंघन बापत सवा तीन करोड राजश्व संकलन

साझेदारी दैनिक
216 पाठक संख्या

ट्राफिक नियम उल्लंघन बापत पर्सा जिल्लामा गत आर्थिक बर्ष २०८०/८१ मा ३ करोड १६ लाख ३८ हजार ३९१ रुपैयाँ राजश्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक बर्ष २०८०/८१ मा ट्राफिक नियम उल्लघन गरेका २९ हजार ५ सय ७ वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ ।

ट्राफिकले १० हजार ७५२ जना ट्रक चालकलाई कारबाही गर्दा करिब १ करोड ५४ लाख ५१ हजार ५१ रुपैयाँ संकलन गरेको जनाएको छ ।

यस्तै मोटरसाइकल चालकबाट ८८ लाख ७८ हजार ५५१ रुपैयाँ,हलुका सवारी साधनबाट २० लाख २१ हजार ७५२ रुपैयाँ राजश्व संकलन भएको प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिएका छन ।

यस्तै कार्यालयले आ.ब २०८०/८१ मा ईरिक्सा र टेम्पोलाई कारबाही गरी ७ लाख ३२ हजार १०० रुपैयाँ, ट्याक्टरबाट ३ लाख ४० हजार ५०० र बसबाट २ लाख ३८ हजार रुपैयाँ संकलन गरिएको निरीक्षक खतिवडाले जनाए ।

यता ट्राफिकलेमादक पदार्थ सेवन गरेर सवारी चलाउने १ हजार ९९९ चालकबाट ११ लाख १३ हजार रुपैयाँ,हेल्मेट र सिट बेल्ट नलगाई सवारी चलाउने ८ सय ९८ चालकबाट ४ लाख २२ हजार रुपैयाँ, र लाइसेन्स बिना सवारी चलाउने २ हजार ९ सय ४८ चालकबाट ३० लाख ५६ हजार रुपैयाँ संकलन गरिएको छ। सिट क्षमता भन्दा बढी यात्रु चढाउने ६ सय ४० चालकबाट ६ लाख ४४ हजार ५०० रुपैयाँ जरिवाना असुल उपर गरेको जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ।

कार्यालयल आर्थिक बर्ष २०७९/८० मा ३५ हजार ५३४ सवारी साधनलाई कारबाही गर्दा करिब ३ करोड ४२ लाख ६५ हजार रुपैयाँ संकलन गरेको थियो ।

Leave a review