लाखौंको बरामद सामान राजश्व अनुसन्धानमा

साझेदारी दैनिक
354 पाठक संख्या

कलैया : बारा प्रहरीले लाखौंको बरामद सामान राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

विशेष सूचनाको आधारमा सोमबार राति प्रहरी चौकी पथलैया बाराबाट प्रहरी वरिष्ट नायब निरीक्षक नरेशबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो सामान बरामद गरेको हो।

बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकस्थितमा पर्साबाट झापा तर्फ जादै गरेको ना ३ ख ४३६३ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा बिल बिजक भन्दा बढि सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

स्रोत खुलाउन नसकेको ५३ लाख ५२ हजार ६ सय३५ रूपैया बराबरको सामान नियन्त्रणमा लिएको हो।

ट्रकमा लोड ओखर,मोबिल,चेयर,जाली,इलोक्ट्रोनिक्स सामान,पिटामरी लगयत अन्य खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको बारा प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds