अहिले देशभरका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको भईरहेको छ ।
कोशी,बागमती,गण्डकी,लुम्बिनी,मधेस,कर्णाली र सुदूरपश्चिम प्रदेशहरुमा थोरै ठाउँ तथा धेरै ठाउँमा वर्षाको भईरहेको छ । यी प्रदेशका धेरै स्थानहरुमा अझ थप भारी बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनचापीय रेखा नेपालको दक्षिणी भूभाग,सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएकाले धेरै स्थानहरुमा भारी बर्षाको संभावना देखिएको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले बेला बेलमा एसएमएस तथा अन्य माध्यमबाट सावधानी अपनाउन अनुरोध गर्ने गरेको पनि छ ।
निरन्तर हुने बर्षाले तराई क्षेत्रमा डुबानको जोखिम उच्च देखिएको छ । तराई क्षेत्रका ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने र नदीहरुमा बाढी आउन सक्ने संभावना पनि उतिकै छ । साना तथा ठुला नदीका छेउमा बस्नेहरुलाई उच्च सर्तकता अपनाउन पनि महाशाखाले सूचना दिने गरेको छ ।
बारा,पर्सामा पनि विभिन्न साना तथा ठुला नदिहरु रहेकाले यहापनि नदीहरुमा बाढी पहिरो जाने संभावना बढिरहेकाले नदी क्षेत्रहरुमा रहेका मानिसहरुले सर्तकता अपनाउन जरुरी छ ।
बर्षाकै कारण दैनिक जनजीवन,कृषि,स्वास्थ्य,सडक तथा हवाई यातायात समेत प्रभावित हुने गरेका भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैविच बर्षा र मनसुन अवधिभर आफ्नो जिल्ला नछाड्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई निर्देशन दिएको छ । गृहले विपदको बेला उद्धार तथा राहतका काम गर्नुपर्ने भएकाले प्रमुख जिल्ला अधिकारीहरुलाई जिल्ला नछाड्न निर्देशन गरेको हो । अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
गृहमन्त्रालयमा शुक्रवार भएको विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन गृहसचिव एकनारायण अर्यालले सवै जिल्लाका प्रजिअहरुलाई निर्देशन दिएका हुन ।

