जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले एक वर्षमा बारामा उल्लेखनीय कार्य गरेका छन् ।
प्रहरी नायब उपरीक्षक न्यौपाने बारामा गत वर्ष साउन ८ गते हाजिर भएदेखि अपराध नियन्त्रणमा सक्रिय भएका हुन् । प्रहरी नायब उपरीक्षक न्यौपानेले बिगत एक वर्ष देखि अपराध नियन्त्रणमा अहम् भूमिका निर्वाह गरेका हुन् ।
आर्थिक वर्ष २०८०/०८१ मा एक हजार ३ सय २२ वटा मुद्दा दर्ता भएको थियो । एक हजार ३१ वटा मानिसहरु पक्राउ परेका थिए । ९२ वटा लागु औषध मुद्दा दर्तामा १ सय ३७ वटा मानिसहरुलाई पक्राउ गरि लागू औषध मुद्दा दर्ता उनकै कार्यकालको अवधिमा भएको हो ।
त्यस्तै २०८०/०८१ मा सन्ताउन करोड चालिस लाख पैतिस हजार छ सय एकावन्न रूपैया राजस्व संकलन गरिएको छ ।
भन्सार छलिका सामान बोकेका ट्रकहरू र अन्य समानहरू नियन्त्रणमा लिई भन्सार कार्यालय वीरगंज,पर्सा र आन्तरिक राजश्व कार्यालय पथलैया,बारामा दाखिला गरिएको प्रवक्ता न्यौपानेले बताए ।
२०८०/०८१ सालमा एक हजार नौ सय ३६ उजुरीमा १ हजार ७ सय ५० वटा उजुरीको मिलापत्र भएको छ । २०८०/०८१ मा २ हजार ८ सय ५९ ठाडो उजुरीमा २ हजार ५ सय ८४ वटा उजुरीको मिलापत्र भइसकेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयले अदालतबाट बिभिन्न मुद्दामा कैद जरिवाना तोकेका ३ सय १९ जना फरार प्रतिवादी पक्राउ परेको उनले बताए ।
फरार प्रतिवादीबाट असुल उपर ७९ वर्ष ३ महिना ३ दिन कैद र रू.१ करोड ५४ लाख ५६ हजार २ सय ८८ रुपैया जरिवाना संकलन गरेको प्रवक्ता न्यौपानेले साझेदारी दैनिकलाई जानकारी दिएका छन । हतियार १ भरूवा,१ रिभाल्वर,५ कटुवा पेस्तोल गरी जम्मा ७ वटा र गोली २० राउण्ड प्रहरीले बरामद उनले बताए ।
९६ वटा हराएको मोबाईलहरू खोज तलास गरी सम्बन्धित धनिलाई बुझाईएको छ । प्रवक्ता न्यौपानेका अनुसार अबैध आर्थिक कारोबार (हुण्डी) ४ मुद्दा दर्तामा ८ जनालाई पक्राउ गरि रू.३८ लाख ९ हजार रुपैया बरामद गरेको छ ।
त्यस्तै ३४ हजार २ सय ८५ सवारीलाई ट्राफिक कारवाही गरि २ करोड ९७ लाख ३१ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ ।
अबैध मदिरा र भट्टी नष्ट १ सय ५२,तयारी मदिरा–४९ हजार १ सय ४५लिटर,कच्चा पदार्थ ३ लाख २३ हजार ९५ लिटर,१० जना मानिस पक्राउ,मेशिन ७४ वटा,भाडावर्तन ४ सय ३४ र ७ वटा सवारी साधन प्रहरीले बरामद गरेको छ ।
प्रहरीले ३ हजार ८८ वटा सामुदायिक कार्यक्रम संचालन गरेकोमा १ लाख २२ हजार १ सय ५७ जना लाभान्वित भएका हुन् ।
अनुचित लेनदेनमा एक हजार ४३ मेलमिलापबाट रू.२१ करोड ५६ लाख २७ हजार ६ सय ६ रुपैया र ३० बिगाह १७ कठा १७ धुर जग्गा फिर्ता गराइएको हो ।
प्रवक्ता न्यौपानेले एक वर्षमा तीन वटा प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटी,सुरेश प्रसाद काफ्ले र महेन्द्र खड्काको कार्यकालमा काम गरेका हुन् ।
काज सरुवा भई प्रहरी प्रधान अपराध अनुसन्धान विद्यालय महराजगंज काठमाडौ जान लागेका प्रहरी नायब उपरीक्षक न्यौपानेको ठाउँमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा आउने भएका छन् ।
डिएसपी न्यौपानेको साउन ४ गते काजसरुवा भएको हो । प्रहरी नायब उपरीक्षक न्यौपाने एक मिलनसार र निर्भिक व्यक्ति रहेको कलैया ५ का सुनिलकुमार बताउँछन् ।
उनले प्रहरीको कर्तव्य निर्वहन ईमान्दारीपूर्वक गरेको उनले सुनाए । प्रहरी अधिकृतको जिम्मेवारी निर्वहनमा मुस्कान सहितको सेवा दिएको एक अर्का सेवाग्राहीको अनुभव रहेको छ ।

