आशा लघुवित्त वित्तीय संस्थाद्वारा मृत्यु दावी रकम हस्तान्तरण

संदिप प्रसाद यादव
401 पाठक संख्या

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड कलैया शाखाले बुधबार स्व.किसमती देवीको परिवारको घरदैलोमै गएर एक कार्यक्रम विच मृत्यु दावी रकम भुक्तानी गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ मदर्शा टोल निवासी स्व.देवीले आशा लघुबित वित्तीय संस्थामा ७ लाख रुपैयाँको बिमा पोलिसी खरिद गरेकी थिइन् ।

उनको गत आर्थिक वर्ष २०८० फागुन १७ गते अकल्पनीय घटनाबाट मृत्यु भएको थियोे ।

स्व.देवीले आफ्नो कर्जाको बिमा गराएकी थिइन् र कर्जा चुक्ता भईसकेको थियो।तर पनि लघुवित्तले उनलाई बिमा बापतको रकम हस्तान्तरण गरिएको छ ।

सो दुःखद घटना भएकोमा हकवाला अवधकिशोर साहलाई ७ लाखको बिमा रकम र काम क्रिया गर्नलाई १५ हजार थपेर ७ लाख १५ हजार रुपैयाँ बिमाको घरमै पुगेर मृत्यु दाबी उनको श्रीमानलाई चेक हस्तान्तरण गरिएको लघुवित्तका अनुगमन अधिकृत नारायणप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक रमेशकुमार महतो, सुनिलकुमार कुशवाहा,केन्द्रका सदस्य,सञ्चारकर्मी,स्थानीयबासीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a review