निजगढ–११ रतनपुरीले हात पार्‍यो प्रथम विकल रेग्मी स्मृति जुनियर कपको उपाधी

साझेदारी दैनिक
374 पाठक संख्या

निजगढ : उमेश घलान/ बाराको निजगढमा प्रथम विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिताको उपाधि निजगढ वडा नम्बर ११ ले हात पारेको छ ।

निजगढ स्थित शहिद हिरालाल रंगशालामा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ४ लाई हराउदै वडा नम्बर ११ ले उपाधि हात पार्न सफल भएको हो।

प्रतियोगिताको निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल टाईब्रेकरमा गएको थियो । दुबै टोलीले टाइब्रेकरमा पनि बराबर ४–४ गोल गरेपछि खेल सडनडेथमा धकेलिएको थियो ।

सडन डेथमा विकास गुरोको प्रहारले जाली चुमेपछि वडा नम्बर ११ ले उपाधिमाथि आफ्नो बनाउ सफल भएको थियो । यता वडा नम्बर ४ का अखिल धामीको प्रहार भने पोष्टबाट बाहिरिएकाले वडा नम्बर ११ लाई जित निकाल्न सहज बनेको थियो ।

जितसंगै विजेता वडा नम्बर ११ ले नगद रु ५१ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । भने खेलमा उपविजेता वडा नम्बर ४ ले भने ३१ हजार नगद र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोताको सर्वोत्कृष्ट खेलाडीको उपाधि वडा नम्बर ११ का राहुल धामीले नै प्राप्त गरेका छन । त्यस्तै प्रतियोगिताभरि ४ गोल गरेका वडा नम्बर ४ का समिर कुँवरले सर्वाधिक गोलकर्ताको उपाधि पाएका छन।

त्यसैगरी उत्कृष्ट गोल रक्षकको उपाधि वडा नम्बर ११ का प्रविण गुरो,सर्वोत्कृष्ट रक्षक वडा नम्बर ११ का सकिल कुँवर र उदीयमान खेलाडीको उपाधि वडा नम्बर ७ का सागर बुढाथोकीले प्राप्त गरेको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिता निजगढ नगरपालिकाको आयोजनामा र नगर खेलकुद विकास समितिको व्यवस्थापनमा भएको सो प्रतियोगिता निजगढ नगरका १३ वटा वडाका टोलीको सहभागिता रहेको थियो ।

Leave a review