बारा प्रहरीले जबरजस्ती करणी मुद्दामा ९ वर्ष कैद सजाय पाएका फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट मुद्दामा बरदात पश्चात फरार भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।
प्रहरीले जबरजस्ती करणी मुद्दामा अदालतबाट ९ वर्ष ६ महिना १५ दिन कैद सजाय पाएका बाराको कलैया उप–महानगरपालिका वडा नम्बर ६ मदर्शाटोल बस्ने अन्दाजी २७ वर्षीय ईम्तियाज अंसारीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

