वीरगंज । उनी पर्साको बहुदरमाई नगरपालिकाका मेयर हुन् । उनको हठको कारण ५० करोडको बजेट प्रस्ताव अन्योलमा परेको आरोप लागेको छ ।
सिंगासन साहको हठका कारण ५० करोडको बजेट प्रस्ताव अन्योलमा परेको आरोप लागेको हो। जनता समाजवादी पार्टीबाट उनी निर्वाचित हुन्।
मेयर सिंगासन साहको पार्टीगत हठका कारण सो रकम बराबरको बजेट प्रस्ताव अन्योलमा परेको आरोप लागेको हो ।
नेकपा एमालेबाट निर्वाचित नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको बहुदरमाई नगरपालिका वडा नं. ७ फुलकौल गाउँमा घर रहेको छ।
मन्त्री गुप्ताले त्यहाँको विकासको लागि पहिलो बैठक नगरपालिकाको वडा नं. ८ रामनगरीमा राखि जनप्रतिनिधिको सर्वपक्षीय भेला बसाएर २० करोडको बजेट प्रस्ताव गराएका थिए।
सो बजेट अर्थमन्त्रालयमा पेस गरिसकेको वडा नं. ५ का वडाअध्यक्ष सुनिलप्रसाद कुशवाहाले बताए। सर्वपक्षीय भेलामा मेयर सहित जनप्रतिनिधि र कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।
मन्त्री गुप्ताले अर्काे ५० करोडको बजेट प्रस्ताव स्वीकृतका लागि बितेको मंगलबार वडा नं. ६ गम्हरियामा राखेको बैठक मेयर साहको कारण बिथोलिएको छ। सो बजेटको प्रस्ताव हुन नसकेको वडा नं. १ का वडाअध्यक्ष प्रमोद यादव र वडाअध्यक्ष सुनिल कुशवाहाले बताए ।
बहुदरमाई नगरपालिका वडा नं.८ रामनगरीमा मन्त्री गुप्ताले गरेको कार्यक्रममा डोकैला बहुअरीको विद्यालयको भवन निर्माण,नगरदाहामा रहेको विद्यालय भवन निर्माण र बिश्रामपुरमा कोल्ड स्टोर निर्माण कार्यको लागि कागजात बनेर मन्त्रालयमा पेस भईसकेको छ ।
भागबण्डा नमिल्दा नगरसभा अनिश्चित रहेको छ।बहुदरमाई नगरपालिकामा हालसम्म नगरसभा भएको छैन्। जनप्रतिनिधिहरु बिच बजेटको भागबण्डा नमिल्दा हालसम्म नगरसभा हुन नसकेको नगरपालिकाका एक कर्मचारीले बताए।
अल्पमतमा रहेका मेयरको वडाध्यक्षहरुसंग तालमेल नहुँदा असार १० गतेभित्र सम्पन्न गरिसक्नु पर्ने नगरसभा अन्योलमा रहदा सामाजिक सुरक्षा भत्ता,कर्मचारी तलब लगायतमा सेवाग्राही मर्कामा परेका छन्।
नगरपालिकाभित्र आन्तरिक द्वन्दले नगरसभा यथास्थितिमा हुने अवस्था देखिएको छैन्

