महानगरको होटेलमा भेटियो फोहोर

साझेदारी दैनिक
269 पाठक संख्या

वीरगञ्ज महानगरपालिकाले बजार क्षेत्रमा रहेका होटेलहरुमा शुक्रबार अनुगमन गरेको छ ।

महानगरको बजार ब्यवस्थापन तथा अनुगमन समितिले महानगरका बजार क्षेत्रमा रहेको होटेलहरुको अनुगमन गरेको हो । टोलीले होटेल मकालु,होटेल डिलाईट,जायका बिरयानी,सम्मा बिरयानी लगायतका होटेलहरुमा अनुगमन गरेको हो।

होटेल मकालुृको फ्रिजबाट म्याद गुज्रेको बियर फेला परेको थियो ।अनुगमनकै क्रममा भेज र ननभेज खाद्य समाग्रीहरु एउटै फ्रीज मा भण्डारण गरिएको पाइएको थियो ।

टोलीले अबदेखि भेज र ननभेज छुटाछुटै राख्न निर्देशन दिएको छ । होटेलहरुले फ्रीजको सरसफाई मा ध्यान नदिएको समेत पाइएको छ ।

महानगरपालिकाको ब्यवसाय दर्ता प्रमाणपत्र नवीकरण नगराएकोले नवीकरण गराउन पनि सो क्रममा निर्देशन दिइएको थियो ।

अनुगमनको क्रममा मुर्ली चोकमा रहेको होटेल जायका बिरयानीको किचेनको फ्रीजमा मासुजन्य खाद्य प्रदार्थहरु अव्यवस्थित र फोहोर तरिकाले राखेको पाइएको जनाइएको छ ।

Leave a review