इन्ड्राइभका चालक र उनीहरूका बालबालिकाहरूको लागि प्रशिक्षण

साझेदारी दैनिक
360 पाठक संख्या

काठमाडौं : इन्ड्राइभ,ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले काठमाडौंमा आफ्ना चालक साझेदारहरुको परिवारप्रति समर्पित विशेष अनुदानको घोषणा गरेको छ।

यो अनुदान इन्ड्राइभका चालक साझेदारहरूका बालबालिकाहरूलाई बहुमूल्य प्रशिक्षण र आवश्यक व्यवसायिक सिप प्रदान गरेर सहभागी हुन र समर्थन गर्नमा केन्द्रित रहेको छ। इन्ड्राइभले आफ्ना चालक साझेदारहरु र उनीहरुका छोराछोरीहरूलाई जुत्ता र टी–सर्टहरू लगायतका विशेष सामाग्री वितरण गरेको छ।

मर्चेन्डाइज उपहारको अतिरिक्त,बालबालिकाहरुको लागि एउटा प्शिक्षण कार्यक्रमकोे आयोजना गरेको छ। यो कार्यक्रममा दक्षता प्रदान गरेर सशक्तिकरण र प्रेरित गर्न डिजाइन गरिएको हो।यो प्रशिक्षणले उनीहरूको शैक्षिक र व्यक्तिगत वृद्धिमा फाइदा पु-याउनेछ।

इन्ड्राइभले काठमाडौंमा आफ्ना चालक साझेदारहरूको लागि उपहारको पनि आयोजना गरिरहेको छ। यस अन्तर्गत,योरपेस तालिममा भाग लिइरहेका चालक साझेदारका नर्सका बालबालिकाहरूले ट्याब्लेट जित्ने मौका पाउनेछन्।

यसका साथै इनड्राइभ ड्राइभर चालकलाई उनीहरूको समर्पण र कडा परिश्रमको कदर गर्दै दुईवटा विद्युतीय सवारी (ईभी) उपहार दिइनेछ।

इनड्राइभको हेड अफ स्पोर्टस् अन्ना फेडोरचुकका अनुसार इन्ड्राइभको सफलता चालक समुदायको शक्ति र प्रतिबद्धतामा आधारित रहेको छ। यो अनुदानले चालक साझेदारहरु मात्र नभई तिनीहरूका परिवारको संलग्नताकालागि पनि केन्द्रित रहेको छ।

यसले इन्ड्राइभ परिवारमा खुसी र सकारात्मक प्रभाव ल्याउने छ भन्ने उनले अपेक्षा गरेकी छन्।

Leave a review