प्रतिनिधिसभा मतगणना : बारामा रास्वपाको अग्रता कायम

साझेदारी डेलि
406 पाठक संख्या

कलैया । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारि मतगणनामा बारा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार बारा निर्वाचन क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार गणेश धिमालले हालसम्म १४ हजार ६४५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीले ३ हजार ४५१ र नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले ४ हजार ११९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार चन्दन कुमार सिंहले ३ हजार ८ सय २२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार बलबीर चौधरीले १ हजार ६२४,जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामकिशोर यादवले २ हजार ३१२ र नेपाली काँग्रेसका उम्मेदवार भैयाराम यादवले १ हजार ५०९ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं. ३ मा उम्मेदवार अरविन्द साहले २० हजार २ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मंसुरले ५ हजार ३४७, जनता समाजवादी पार्टी  नेपालका उम्मेदवार रामबाबु कुमार यादवले ३ हजार २४४, जनमत पार्टीका उम्मेदवार प्रमोद गुप्ताले २ हजार ३९९ र नेकपा एमालेका उम्मेदवार ज्वाला कुमारी साहले १ हजार ६८८  मत प्राप्त गरेकी हुन् ।

त्यस्तै क्षेत्र नं. ४ मा उम्मेदवार रहबर अन्सारीले १५ हजार ४५४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठले ३ हजार ७३४ र नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले  २ हजार ७३७ मत प्राप्त गरेका छन् ।

बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका ६३ जना तथा ४७ जना स्वतन्त्र गरी कुल ११० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचनमा जिल्लाभर करिब ७० प्रतिशत मत खसेको बताइएको छ। अहिले सबै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ। हालसम्म सार्वजनिक मतपरिणाम राति ८ बजेसम्मको हो।

Leave a review

This will close in 0 seconds