कलैया : नेपाल पत्रकार महासंघ बारा शाखाको नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।
निर्वाचनमा अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा रमेश सुवेदी ७१ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी श्यामबाबु यादवले ६७ मत प्राप्त गरे ।
त्यस्तै,कोषाध्यक्ष पदमा निकै कडा प्रतिस्पर्धा देखिएको थियो । रन्जन यादवले ७० मत प्राप्त गर्दै अनिल पाण्डेयलाई १ मतको झिनो अन्तरले पराजित गरेका छन्। अनिल पाण्डेयले ६९ मत प्राप्त गरेका थिए ।
अध्यक्ष पदमा निर्वाचित सुबेदी समाजवादी प्रेस सङ्गठनका केन्द्रिय सदस्य हुन भने उनका निकटम प्रतिद्धन्दी यादब प्रेस युनियन बाराका जिल्ला अध्यक्ष हुन् ।
त्यस्तै कोषाध्यक्षमा निर्वाचित यादब प्रेस सेन्टर नेपाल बाराको जिल्ला अध्यक्ष हुन् भने उनका निकटम प्रतिस्पर्धी पाण्डे आफु कुनै संगठनमा नरहेको बताएका छन् ।
त्यस्तै ७ जना कार्यसमिती सदस्यहरुकोलागि भएको निर्वाचनमा चन्दन कुमार मेहता,राहुल गुप्ता,प्रभु प्रसाद यादब,जिउत प्रसाद यादब,प्रलाद तिमल्सिना र नबिन चौधरी निर्वाचित भएका छन् ।
सदस्य पदमा नरेश गुप्ता र नारायण पौडेलको बराबर मत प्राप्त भएको छ । यस भन्दा अगाडि उपाध्यक्ष (खुल्ला)मा पन्नालाल दास,महिला उपाध्यक्षमा प्रियंका दास,सचिवमा पुष्प खतिवडा,सह सचिवमा ईन्दिप कोईराला र समावेशि सह सचिवमा दुष्यन्त चौधरी सर्बसम्मत निर्वाचित भईसकेका छन् ।
यता दलित सदस्यमा शर्मालाल बैठा जनजाती सदस्यमा धिरेन्द्र पनुहर,मधेशी सदस्यमा धिरेन्द्र तिबारी र समावेशी सदस्यमा नुर आलम मंसुर सर्बसम्मत निर्वाचित भएको गठित निर्वाचन समितीका संयोजक अधिवक्ता प्रहमहंस केशरीले जानकारी दिए ।
यस निर्वाचनको मत परिणामले बारा शाखामा नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन समितिका अधिकृतले मत परिणाम सार्वजनिक गर्दै नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका छन्।
निर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ बर्षको हुने छ । नेपाल पत्रकार माहासंघ बारामा १ सय ४४ सदस्य रहेका छन् भने निर्वाचनमा १ सय ३९ मत खसेको थियो ।

