छापामारीमा चिनी र प्याज प्रहरीद्वारा बरामद

संदिप प्रसाद यादव
254 पाठक संख्या

बारा प्रहरीले घरमा छापा मारेर दुई लाख ५९ हजार पाँच सय रुपैयाँ बराबरको चिनी र प्याज बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट सादा पोशाकमा र प्रहरी चौकी मटिअर्वाबाट खटिएको संयुक्त प्रहरी टोलिले कलैया उपमहानगरपालिका वडा नम्बर १२ बस्ने खेदु मियाको घरलाई छापामारी गर्दा चिनी र प्याज बरामद गरेको हो ।

सो घरबाट चिनी –२४ बोरा अन्दाजी मूल्य रु.८४ हजार र प्याज –५३ बोरा मुल्य रू. १ लाख ८५ हजार ५ सय रुपैयाँ गरि जम्मा रु.२ लाख ६९ हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद प्रहरीले जनाएको छ ।

उक्त सामानहरु नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाइएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Leave a review