कलैया । अविरल वर्षाका कारण शनिबार देखि बन्द रहेको बाराको सिमरा विमानस्थल आजदेखि संचालनमा आएको छ । सिमरा विमानस्थलबाट हुने बुद्ध एयरको उडान आज बिहानैबाट सुरु भएको हो ।
सिमरासहित मौसम अनुकूल रहेका अन्य विमानस्थलमा आन्तरिक उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

