विधुतिय तार सट हुँदा स्मार्ट प्रोड्क्ट इन्ड्ष्ट्रिजमा करिब १५ लाखको क्षति

संदिप प्रसाद यादव
212 पाठक संख्या

कलैया : विद्युतीय तार सर्ट हुदा स्मार्ट प्रोड्क्ट इन्ड्ष्ट्रिजमा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर –५ स्थित बरेवा सिसहनिया सडकखण्डमा रहेको स्मार्ट प्रोड्क्ट इन्ड्ष्ट्रिजमा बुधबार बिहान करिब ७ बजे विधुतीय तार सट हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

उक्त आगलागीमा मेसिन,साबुन बनाउने कच्चा पदार्थ,फ्यान,वाइरिङ तार,कम्पनीको भवनमा तथा अन्य सामाग्रीहरु करिब १५ लाख रुपैयाँ बराबरको जलि नष्ट भएको संचालक मनोजप्रसाद यादवले जानकारी दिएका छन् ।

सो आगलागीलाई कलैया उपमहानगरपालिकाको वरुण यन्त्र,स्थानीयबासी तथा कर्मचारीहरुले आगोलाई नियन्त्रणमा लिएका थिए।

Leave a review