नेकपा सांसद गुरुङ्ग विरुद्ध फेसबुक स्टाटस लेख्ने साह पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 540 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेश सांसद सीता गुरुङ्गले बजेटमा अनियमितता गरेको भन्दै फेसबुकमा स्टाटस लेखेका एक युवा पक्राउ परेका छन ।

नेकपाकै युवा कार्यकर्ता बिश्वास साहले सांसद गुरुङ्ग विरुद्ध फेसबुकमा स्टाटस लेखेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सांसद गुरुङ्गले आफु विरुद्ध बिना प्रमाणको लान्छना लगाएको भन्दै इलाका प्रहरी कार्यालय सिमरामा पिडित बनेर उजुरी गरेकी थिईन । उनले उजुरीमा निज ब्यक्तिले संजालमा आफु बिरुद्ध प्रमाण नभएका कुरा लेखेकोले न्यायका लागी भन्दै प्रहरी समक्ष पुगेकी थिईन ।

उजुरी लगतै इलाका प्रहरी कार्यालय सिमराले साहलाई छलफलका लागी भन्दै कार्यालयमा उपस्थित हुन आदेश दिएको थियो । प्रहरी कार्यालय हाँजिर भएका साहलाई करिब ६ घण्टा प्रहरी कार्यालयमा राखेपछी नेकपाकै नेता कार्यकर्ताको रोहबरमा साहलाई साँझ छुटाईएको एक नेताले बताए ।

कार्यकर्ता साहले आफ्नो फेसबुकमा कोरोना सम्बन्धी सामाग्री बितरणमा सांसद गुरुङ्गले ९ लाख भन्दा बढी रकम बराबरको हिसाब देखाउन खोजेको भन्दै रकमा अनियमितता गरेको आरोप लगाएका थिए ।

प्रहरी कार्यालयबाट छुटेपछि साहले शक्तिको आडमा आफुलाई कमजोर बनाउन खोजिएको भन्दै अबका दिनमा अझ शसक्त रुपमा नेता र जनप्रतिनिधीको गलत कार्यको पर्दाफस गर्दै जाने बताए । आफुले सचेत नागरिकको हैसियतले खवरदारी गर्दापनी प्रहरीमा उजुरी परेको प्रति दुःख लागेको साहले बताए ।ब्यक्त गरेका छन् ।

‘मैले कसैलाई आरोप लगाएको होईन’, पिपिई र मास्क बाँडेर ९ लाख भन्दा बढीको बजेट खर्च गरेको देखाउन खोजेपछी मैले हिसाव पारदर्शी होस् मात्र भन्न खोजेको थिएँ तर प्रहरीमा पुँगे, साहले पिडा व्यक्त गरे।

यता आफ्ना नेता कार्याकर्ताले सांसद र जनप्रतिनिधीको काम कारवाहीबारे पारदर्शीताको खवरदारी गर्दा प्रहरी कार्यालय धाउनुपर्ने कार्य गलत भएको कतिपयको बुझाई छ । कतिपय जनप्रतिनिधीहरु नै कानूनको बलमा अहमता बढेको र कुनैपनी सानातिना आरोममा प्रमाण पुर्याउन छाडेर प्रहरी प्रयोग गर्नाले अनियमितताकै आशंका बढेको बताईरहेका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review