बारा जिल्लामा आंशिक रुपमा निषेधाज्ञा लागु,सवारी साधन सञ्चालनमा पुर्ण रुपमा रोक

साझेदारी दैनिक
816 पाठक संख्या

रञ्जन यादव /
बारा जिल्लामा सार्बजनिक यात्रुुबाहक तथा निजी सवारी साधन सञ्चालनमा पुुर्ण रुपमा रोक लगाईएको छ ।
जिल्लामा पनि कोरोनाको नयाँ भेरियन्टको संक्रमण तिब्र रुपमा फैलिरहेका कारण जिल्ला कोभिड १९ ब्यवस्थापन समिति तथा पालिका प्रमुुखहरुको संयुुक्त रुपमा बसेको बैठकले यही बैशाख २३ गते बिहिबार देखि यात्रुुबाहक तथा निजी सवारी साधनहरु सञ्चालनमा पुुर्ण रुपमा रोक लगाएको हो ।

खाद्यन्न ,सागसब्जी ,माछामासुु,औषधी उपकरण बिक्रि गर्ने बाहेकका पसल शनिबार बाहेक प्रत्येक दिन बिहान ६ बजे देखि बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउँने निर्णय गरेको छ ।

दैनिक उपभोग्य बस्तुु बिक्रिलागि सम्बन्धित स्थानीय तहले निर्धारण गरेको स्थानमा भौतिक दुुरी कायम गरी बिक्रि गर्ने ,उद्योग ,प्रतिष्ठान ,बैँक ,बित्तिय संस्था जस्ता सार्बजनिक निकायमा काम गर्ने कर्मचारी ,कामदारहरुले आफनो परिचय पत्र सहित आवतजावत गर्न सकिने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । अत्यआवश्यक बाहेकका सम्पुुर्ण सार्बजनिक सेवाहरुमा प्रतिबन्ध लगाईएको छ ।

सिमापारी आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको बाराका प्रमुुख जिल्ला अधिकारी सुुरेन्द्र पौडेलले जानकारी दिएका छन । बारा जिल्लामा हाल ३३८ जना संक्रिय कोरोना संक्रमित रहेका छन भने १० जनाको मृत्यृ भईसकेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।

Leave a review