Sajhedari Daily
Latest News from Nepal

बन्यजन्तुु जोगाउँन निकुञ्जका सेना सड्कमा

रञ्जन यादब
विगत केहि सातादेखी राजमार्गमा सडक दुर्घटनामा परि बन्यजन्तुहरुको मृत्यु भएपछि नेपाली सेना सडकमा परिचालन गरिएको छ ।
बन्यजन्तुुलाई सड्क दुुर्घटनाबाट बचाउन पर्सा राष्ट्रिय निकुुञ्जले नेपाली सेनालाई प्लेकार्ड सहित सड्कमा परिचालन गरेको हो । निकुञ्जले सडक दुर्घटनाबाट वन्यजन्तु बचाउन ‘गति सीमित’ लेखिएको प्लेकार्ड सहित निकुञ्जसँग जोडिएको सडक खण्डमा सेना परिचालन गरेको जनाएको ।
निकुञ्जसँग जोडिएको हाइवे खण्डमा सेनाको २ वटा समूह परिचालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जमा सहायक प्रमुख संरक्षण अधिकृत तथा सूचना अधिकारी रमेश कुमार यादवले बताएका छन ।
तीन साताअघि पथलैयामा सडकखण्डमा भएको सवारी दुर्घटनामा एक बयस्क पाटे पोथी बाघको मृत्यु भएपछि निकुञ्जल पथलैया अम्लेखगञ्ज र पथलैया निजगढ तामागढी सडक खण्डमा सेना परिचालन गरेको हो। निकुञ्ज संरक्षणका लागि बसेको नेपाली सेनाको सिद्धबक्स गणसँगको समन्वयमा निकुञ्ज प्रशासनले सेनाको २ वटा समूह बनाएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेनालाई सडकमा खटाएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जको तथ्याकं अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ वटा दुर्लभ जनावर सहित साँत वटा जनावरको सडक दुर्घटना लगायतका कारण नै ज्यान गएको थियो ।