कलैया–पिलुवा सडकमा संयुक्त टोलिको छड्के चेकिङ्ग : ट्राफिक नियम उल्लंघन गर्ने १० सवारी कारबाहीमा

साझेदारी डेलि
107 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

कलैया । सडक दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन प्रभावकारी बनाउने उद्देश्यसहित बारामा बुधबार सञ्चालन गरिएको विशेष अनुगमन अभियानमा ट्राफिक नियम उल्लंघन गर्ने १० वटा सवारीसाधन कारबाहीमा परेका छन्।

यातायात व्यवस्था कार्यालय बारा, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले कलैया–पिलुवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर आसपास आकस्मिक रूपमा सवारी परीक्षण गरेको थियो। अभियानका क्रममा मोटरसाइकल, टिपर, ट्र्याक्टर, अटो तथा ई–रिक्सासहित करिब दुई सय सवारीसाधनको कागजात र प्राविधिक अवस्था जाँच गरिएको थियो।

अनुगमनका क्रममा आवश्यक मापदण्ड पूरा नगरेका तथा ट्राफिक नियमको बेवास्ता गरेका १० सवारीसाधनलाई कानुनी दायरामा ल्याइएको सम्बन्धित निकायले जनाएको छ। अन्य केही चालकलाई भने नियम पालना गर्न सचेत गराउँदै आगामी दिनमा गल्ती नदोहोर्‍याउन निर्देशन दिइएको थियो।

यातायात व्यवस्था कार्यालय बाराका प्रमुख चिन्तन आचार्यले पछिल्लो समय जिल्लामा सडक दुर्घटनाका घटना बढ्दै गएकाले जोखिम न्यूनीकरणका लागि यस्ता आकस्मिक अनुगमन अभियान सुरु गरिएको बताए। विशेषगरी कलैया–पिलुवा सडकखण्डमा नियमित चेकजाँच नहुने गुनासो आएपछि उक्त क्षेत्रमा केन्द्रित भएर अभियान सञ्चालन गरिएको उनको भनाइ छ।

‘सडक सुरक्षालाई थप व्यवस्थित बनाउन र चालकहरूमा नियमप्रतिको जिम्मेवारीबोध बढाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ,’ आचार्यले बताए।

चेकजाँच अभियानमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब निरीक्षक मनोजकुमार सोनार, अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रहरी सहायक निरीक्षक प्रिन्शानन्द यादव तथा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds