कलैया : बारा प्रहरीले ३२ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उप–महानगरपालिका वडा नम्बर १४ बस्ने अन्दाजी ४२ वर्षीय सोम वहादुर मोक्तान रहेको बारा प्रहरीले जनाएको छ।
प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार उक्त लागू औषध गाँजा सहित मोक्तानलाई पक्राउ गरेको हो।
उनको साथबाट लागू औषध गाँजा ३२ किलो ग्राम बरामद गरेको छ ।
जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा मोक्तान पक्राउ परेका हुन्। हेटौंडाबाट परवानीपुर तर्फ जाँदै गरेको ना १ ह ८९६१ नम्बरको अटोलाई रोकी जाँच गर्ने क्रममा अटो भित्र लुकाई छिपाई लगिरहेको लागू औषध गाँजा बरामद गरेको हो।
उक्त लागू औषध गाँजा,अटो सहित मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका हुन्।

