गम्भिर प्रकृतिका रोग लागेका विरामीहरुलाई जीतपुरसिमरा उपमहानगरद्वारा औषधि उपचार खर्च बितरण

रञ्जन यादव
112 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर अन्तरगतका गम्भिर प्रकृतिका रोग लागेका विरामीहरुलाई औषधि उपचार खर्च वापतको रकम वितरण गरेको छ ।

उपमहानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगबाट पीडित तथा मेरुदण्ड पक्षाघात भएका बिरामीहरूलाई प्रदान गरिने औषधि–उपचार खर्च वापतको मासिक सहायता रकम पहिलो त्रैमासिकका लागि भुक्तानी गरेको हो ।

उपमहानगरपालिकाले २०८२ साल श्रावणदेखि असोजसम्मका तीन महिनाका लागि प्रति बिरामी मासिक ५ हजार रुपैयाँका दरले रकम सम्बन्धित व्यक्तिहरूको बैंक खातामा सिधै रकम जम्मा गरिदिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिएका छन ।

उपमहानगरले ९७ जना पुराना बिरामीलाई रु १४ लाख ५५ हजार रुपैयाँ र ११ जना नयाँ बिरामीलाई १ लाख ५५ हजार रुपैयाँ गरी कुल १६ लाख १० हजार रुपैयाँ वितरण गरिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ।

गम्भीर रोगसँग जुधिरहेका नागरिकलाई उपचारमा सहयोग पुर्‍याउन यो योजना अत्यन्तै महत्वपूर्ण रहेकाले भुक्तानी प्राप्त भएका सम्पूर्ण लाभार्थीलाई जानकारी गराइएको उपमहानगरपालिकाले जनाएको छ।

Leave a review