एक सय ४२ किलो लागू औषध गाँजा सहित भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
380 पाठक संख्या

कलैया : बारा प्रहरीले एक सय ४२ किलो लागू औषध गाँजा सहित भारतीय मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ खजानीस्थित प्रहरी चौकी श्रीनगर बैरियाबाट प्रहरी सहायक निरीक्षक जगदिसप्रसाद यादवको कमाण्डमा खटिएको गस्ति टोलीले सो गाँजा बरामद गरेको हो। गस्ति गर्दै जाने क्रममा एक सय ४२ किलो लागू औषध गाँजा सहित भारतीय मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो।

कोतवाली नहरबाट खजानी तर्फ आउदै गरेको बि.आर २२ एयु.२९७६ नम्बरको सुपर स्पलेन्डर मोटरसाइकललाई शंकास्पद लागि पछ्याउदै जादा मोटरसाइकल चालकले प्रहरी टोलीलाई देखी तत्काल मोटरसाइकल छाडी फरार भएको थियोे।

उक्त मोटरसाइकलवाट लागू औषध गाँजा १ सय ४२ किलो ३ बोरा प्लाष्टिकले बरेको ९ वटा पोका बरामद गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा लोड रहेको सामान खोली हेर्दा लागू औषध गाँजा तथा मोटरसाइकल समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Leave a review