बाराका प्रहरी प्रमुख एवंम् प्रहरी उपरीक्षक महेन्द्र खड्का सम्मानित

संदिप प्रसाद यादव
482 पाठक संख्या

कलैया :बाराको जेठो क्याम्पस रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसले बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकालाई सम्मानित गरेको छ।

क्याम्पसको ४३ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस तथा १७ औं क्याम्पस सभामा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक खड्कालाई सम्मानित गरिएको हो।

रामराजा क्याम्पसका पुर्व क्याम्पस प्रमुख स्व.हरिभूषण कुशवाहाको हत्याका मुख्य अभियुक्तलाई अथक प्रयास गरी पक्राउ गरि सार्वजनिक गरेकोमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर चौरसियाले प्रहरी उपरीक्षक खड्कालाई दोसल्ला ओढाई सम्मानित गरेका हुन्।

२०८० जेठ ३२ गते कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको थियो ।

Leave a review