साझेदारी संवाददाता/
प्रेस लेखिएको गाडीमा स्टिकर टाँसेर राजश्व छलीका अवैध सामान ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त चापागाउँबाट नियमित चेकिङका लागि खटिएको प्रहरी टोलीले प्रेस लेखिएको गाडीमा प्रेसको स्टिकर टाँसेको वाग्मती प्रदेश ०१–०२६ च ८९८० नम्बरको पिकअप भ्यान गाडीबाट २० लाख ७३ हजार ५ सय ९० रुपैयाँ बराबरको राजश्व छलीका अवैध सामान बरामद गरेको छ ।
प्रहरीले उक्त गाडी चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१४ डुम्बरवानाका ३४ वर्षीय दीपक प्रसाद लामिछाने र सोही गाडीमा सवार भारत बिहार राज्य मोतिहारी जिल्ला छतौनी ग्राम पञ्चायत–११ का २८ को सचिनकुमार चौरसियालाई पक्राउ परेका छन् ।
आइतबार राति प्रेस लेखिएको गाडीमा स्टिकर टाँसेको सवारी साधनभित्र म्याद सकिएको प्रेस परिचयपत्रबाहक सवार उनीहरुले बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खा लगायत २० लाख ७३ हजार ५ सय ९० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको थियोे ।
प्रहरी वृत्त चापागाउँका डीएसपी एवम् प्रवक्ता कृष्ण चन्दका अनुसार प्रहरीले उनीहरु सवार वाग्मती प्रदेश ०१–०२६ च ८९८० नम्बरको गाडीमा राजश्व छली ल्याएका सामान अन्य व्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास सहित ३ थान बरामद गरेको छ ।
प्रहरीले गाडी र सामान बरामद गरि दुई जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको प्रवक्ताले बताएका छन् ।


