कोल्हवीमा पोषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
साझेदारी दैनिक 545 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

धिरेन्द्र पनुहर/

कोल्हवी नगरपालिकाको आयोजनामा पोषणमैत्री स्थानीय शासन सम्बन्धि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम शुक्रबार नगरपालिकाको सभा सम्पन्न भएको छ।

कार्यक्रमको उदेश्य र औचित्यको बहुक्षेत्रीय पोषण योजनाको कार्यन्वयन ढाचा,पोषण योजनाको रणनीति ,बहुक्षेत्रीय बहुसरोकारावाला समन्वय सयन्त्र ,अगामी दस बर्ष भित्रमा महिला बालबालिका र किशोरीमा हुने कुपोषण हटाइ मानव पूंजीको बिकासको गर्ने आदि बिषयमा कार्यक्रममा बहुक्षेत्रीय पोषण योजना कार्यक्रमको प्रदेस संयोजक पुरुषोतम अर्यालले छलफल गरेका थिए ।

बिधालयको दिवा खाजा कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुलाई जन्क फुड नखुआउने,खानेपानी तथा सरसफाईमा ध्यान दिन र कुपोषण युक्त पालिका बनाउन सबै सहभागीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख रामप्रसाद चौधरीले हामी सबै मिलि यस पालिकालाई पोषणमैत्री पालिका बनाइ बाराका अन्य पालिकाभन्दा नमुना पालिका बनाउन आफु लागि परेको र स्वास्थ अति नै महत्त्वपूर्ण चिज रहेकोले यस पालिकाले स्वास्थमा बढि लगानी गर्ने गरेको जानकारी दिएका छन् ।

कार्यक्रममा बिशिस्ट अतिथिमा कोल्हवी नगरपालिकाको उपप्रमुख लक्ष्मी कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत राममनि अधिकारी,अतिथिहरु वाड न १ का वडा अध्यक्ष राजहरण चौधरी,३ का वार्ड अध्यक्ष किशुनदयाल चौधरी ५ का वडा अध्यक्ष नन्दकिशोर चौधरी,६ का वार्ड अध्यक्ष दिनेश चौधरी ९ का अध्यक्ष दलबहादुर चौधरी,वाड न १० का अध्यक्ष कुन्जबिहारी चौधरी ११ का अध्यक्ष नन्दकिशोर चौधरी योजना प्रमुख देवनारायण चौधरी,कार्यपालिका सदस्यहरु राजकुमार दास,कपिलदेव ठाकुर,जयनारायण सिंह चनउ,मैनामति दर्जि,अनुप दिपनी माध्यामिक बिधालय कोल्हवीका प्रधानाध्यापक रामप्रकाश चौधरी,मणि मा बि थस्कौलका प्रधानाध्यापक जगदिश पन्डित,महिला तथा बालबालिका शाखा प्रमुख बिमला सुनार कोल्हवी नगरपालिका का विभिन्न स्वास्थ केन्द्रका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण कोल्हवी नगरपालिकाका स्वास्थ शाखा प्रमुख मनोज चौधरीले गरेका थिए ।

समाचार शेयर गर्नुहोस
Leave a review