देशभरी २७ प्रतिशत मात्र शुद्ध खानेपानी पुर्‍याउन सकिएको छ – मन्त्री यादव

साझेदारी दैनिक
261 पाठक संख्या

कलैया :राजेश कुशवाहा / नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले अहिले सम्म देशभरी २७ प्रतिशत मात्र शुद्ध खानेपानी पुर्‍याउन सकिएको बताएका छन।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडा पोखरी स्थित नयाँ खानेपानी पाईप लाईन बिस्तार परियोजनाको शिलान्यास कार्यक्रमलाई शुक्रबार बिहान प्रमुख आतिथ्य बाट सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन ।

प्रत्येक नेपाली नागरिकको घर घरमा शुद्ध खानेपानी पुर्‍याउन खानेपनी मन्त्रालयको लक्ष्य रहेको उनले बताए । देशभरी रहेको ४२ हजार खानेपानी उपभोक्ता समिति मार्फत सरकारले सय प्रतिशत शुद्ध खानेपानी पु-याउने मन्त्री यादवले बताए ।

जलबायु परिवर्तन,चुरे दोहनको कारण तराईका उर्वर भुमी मरुभुमिमा परिणत भईरहेको उनले बताए । उनले बारा जिल्ला भरी आधा अधुरा रहेको खानेपानी टयांकीहरुलाई पुर्ण रुपमा सञ्चालनमा ल्याईने समेत जानकारी दिए ।

कलैया उपमहानगर क्षेत्र भित्रका खानेपानीका पुराना परियोजना अगामी बर्ष बजेट छुट्याएर सञ्चालनमा ल्याउन उनले प्रतिबद्धता गरे ।

उनले भतौडा पोखरीको शोन्दर्यकरणका लागि बजेट छुटृयाउने समेत बताए । काईरिया टोल चोकमा टावर लाईट जडानका लागि प्रदेश सरकार संग पहल गर्ने बताए।वडा अध्यक्ष संग समन्वय गरेर बिकासका काम अगाडी बढाउने खानेपानी संस्थानका कर्मचारीहरुलाई मन्त्री यादवले निर्देशन दिए ।

कलैया उपमहानगरपालिकाको महेशपुर खानेपानी आयोजनाको लागि ९ करोड बजेट छुटयाएको उनले जानकारी दिए । उतm आयोजनाको रु १४ करोडको टेण्डर यही महिनामा अव्हान गरिने उनले जनाए ।

उनले देशमा खानेपानी मन्त्रालय रहेको महसुस गराएको समेत जानकारी दिए । तराई,पहाड र हिमालमा पनि खानेपानीका लागि काम गरीरहेको उनले बताए । हुम्लामा पनि नया तरिकाले खानेपानी परियोजना सञ्चालन गरिएको उनले बताए ।

हिमाली क्षेत्रमा पाईप लाईनमा पानी जमन नदिन नया तरिकाले खानेपानीका परियोजनाहरु सञ्चालन गरिएको मन्त्री यादवले बताए ।

उक्त अवसरमा पुर्व प्रदेश सभा सदस्य परास साह,कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह,लगायतकाले बोलेका थिए। कलैया उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष अमिन अंसारीले कार्यक्रममा स्वागत गरेका थिए ।

शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता,जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह,बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडका,कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,खानेपानी कार्यालय कलैयाका प्रमुख संजिव यादव,कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्री,३ का मोहन साह कानु, स्थानीयबासिहरुको सहभागिता रहेको थियो ।

कलैया उपमहानगरपालिका स्थित मानवत – कलैया –मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कुल देखि भतौडा पोखरी (३.४) किलो मिटर सम्मको नयाँ खानेपानी पाईपलाई बिस्तार परियोजनाको शिलान्याश गरिएको हो ।

Leave a review