लायन्स क्लबले गर्‍यो बिरामीलाई कम्बल वितरण

संदिप प्रसाद यादव
309 पाठक संख्या

कलैया : बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालमा लायन्स क्लब अफ कलैयाले बिरामीहरुलाई कम्बल वितरण गरेको छ ।

कलैया ६ मा रहेको प्रादेशिक अस्पताल कलैयामा लायन्स क्लब अफले बिरामीहरुलाई कम्बल वितरण गरेको हो । क्लबले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई ५० थान कम्बल वितरण गरिएको क्लबका अध्यक्ष प्रदीप कुमार साहले बताएका छन् ।

लायन्स क्लबका संस्थापक मेलवीन जोनको जन्म जयन्तीको उपलक्ष्यमा बिरामीहरुलाई कम्बल वितरण गरिएको अध्यक्ष साहले बताए ।

चिसोको समयमा अस्पतालमा रहेका बिरामीहरुलाई जाडो हुने भएकाले कम्बल वितरण गरिएको हो ।

उक्त कार्यक्रममा अस्पताल समिति अध्यक्ष प्रकाश चौगाई,क्लबका उपाध्यक्ष सूर्यजीत सिंह,सचिव ब्रिज किशोर साह कलवार,संस्थापक अध्यक्ष दिलीप चौधरी,पूर्व अध्यक्ष राज कुमार साह, मुकेश गुप्ता,लोकेन्द्र जायसवाल,राजेश भण्डारी,श्याम खेतान,मनोज पोद्दार,इंद्राजीत कुशवाहा,लगायतको उपस्थिती रहेको थियो ।

Leave a review