जीतपुर : बाराको परवानीपुरमा मंगलबार ट्रकको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा परवानीपुरका प्रदीप गुप्ता रहेका छन् ।प्रहरीका अनुसार ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक परवानीपुर प्रहरी चौकीमा राखिएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा मधेस प्रदेशको ०३–००१ द ००५१ नम्बरको ट्रयाक्टरलाई समेत ट्रकले ठक्कर दिएको थियो ।


