करैयामाई : नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराको अध्यक्षमा धिरेन्द्र पनुहर चयन भएका छन ।
बाराको करैयामाई ८ मा मंगलबार सम्पन्न फोनिज बाराको चौथो जिल्ला अधिवेशन पत्रकार पनुहरको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
अध्यक्ष पद निर्वाचित पनुहर कोल्हबी स्थित रेडियो पातालगङ्गा १०६.१ मेघाहर्जका प्रबन्ध निर्देशक र साझेदारी राष्ट्रिय दैनिकका सम्वाददाता हुन ।
यसैगरी अधिवेशनबाट फोनिज उपाध्यक्ष खुलामा प्रकास श्रेष्ठ,महिला उपाध्यक्षमा ईन्दिरा चौधरी,सचिवमा जितेन्द्र प्रसाद चौधरी,सहसचिवमा बसन्त लामा,कोषाध्यक्षमा बिनिता चौधरी चयन भएका छन ।
यसैगरी समितिको सदस्यहरुमा उमेश घलान,मुकेश चौधरी,राजकुमार लामा आदी रहेको जनाईएको छ ।
यसअघि फोनिज बारको चौथो अधिवेशन उद्घाटन समारोह निवर्तमान अध्यक्ष जियालाल चौधरीको अध्यक्षता तथा प्रदेश अध्यक्ष दुष्यान्त चौधरीको विशेष उपस्थितीमा सम्पन्न भएको थियो ।

