आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न

साझेदारी दैनिक
247 पाठक संख्या

चितवन : आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न भएको छ ।

पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आईटी आर्मी चितवन जिल्लाको तयारी बैठक शनिबार सम्पन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईटी आर्मी संगठन विभाग प्रमुख आर्या पाण्डेले आईटी बिना देशको विकास सम्भव नहुने बताएका छन् ।

वैदेशिक रोजगारीमा भईरहेको ठगी रोक्न,भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भइसकेकोले आईटी आर्मीका युवाहरुले देशमा बढ्दो संकट रोक्न सकारात्मक योगदान गर्ने उनले बताए।

भेलाले माघ १२ गते आम जनता पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा भभ्य रूपमा गर्न गरी निर्णय समेत गरे ।

आईटी आर्मी संगठन विभाग प्रमुख पाण्डेको अध्यक्षतामा भएको भेलामा महासचिव अमर साह,स्थाई कमिटी सदस्य विजय यादव निर्विज,रामशरण यादव,चितवन जिल्ला इंचार्ज मीनबहादुर खत्री,जिल्ला अध्यक्ष तुम बहादुर थापा,जिल्ला सचिव श्याम पटेल,उपेंद्र साह,नितेश साह मुकेश चौधरी लगायतको बिशेष सहभागिता रहेको थियो ।

Leave a review