रञ्जन यादब/
हिजो देखि परेके अबिरल बर्षाका कारण बाराका बिभिन्न स्थानीय तहहरुमा नदी र खोलाको पानी बस्ती र खेतमा प्रबेश गर्दा बाराबासी मर्कामा परेका छन् ।
जिल्लाको देवताल गाउँपालिकाको वडा नं.६ र पचरौता नगरपालिकाको वडा नं.५ को गाउँबस्ती र खेतमा खोलाको पानी प्रबेश गरेको छ ।सशस्त्र प्रहरी कार्यालय बाराबाट खटिएको शसस्त्र प्रहरीको टोलीले स्थानीहरुको उदार र पानीबाट हुनसक्ने थप क्षती नियन्त्रण गरेको शसस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले जानकारी दिनुभयो ।
बाढीबाट हुनसक्ने जोखिमका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी २४ सैँ घण्टा बारामा तैनाथ राखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।
बारामा मंगलवार पनि बर्षा भएको र थप बर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीको छेउछाउँमा नजान र सतर्कर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय बाराले अनुरोध गरेको छ ।