जीतपुरसिमरा वडा नम्बर १ द्वारा खेल सामग्री हस्तान्तरण

साझेदारी दैनिक
481 पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले खेलकुद सामाग्री प्रदान गरेको छ।

उसले सिमराको नव–जन जागृति युवा क्लबलाई न्यानो कपडा सहितको खेल सामग्री हस्तान्तरण गरेको छ ।

वडाध्यक्ष हिराबहादुर गुरुङ्गले क्लबका अध्यक्ष रामचन्द्र लामालाई शुक्रबार सिमरा रङ्गशालामा आयोजित एक कार्यक्रमकाविच २५ थान ज्याकेट सहितका विभिन्न खेल सामग्री हस्तान्तरण गरेका हुन्।

महोत्तरीको जलेश्वरमा जारी मधेश प्रदेश लिगको फाइनल पुगेको नव–जन जागृति यूवा क्लबका खेलाडीहरुका लागि आवश्यक ज्याकेट लगायत १ लाख मूल्य बराबरका अन्य खेल सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष हिराबहादुर गुरुङ्गले साझेदारी दैनिकलाई जानकारी दिए।

कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य अमन लामा,क्लबका प्रथम उपाध्यक्ष शंकरबहादुर थापा,द्वितीय उपाध्यक्ष राजदास श्रेष्ठ लगायत क्लबकापदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बारा जिल्ला लिगमा प्रथम भएको नव–जनजागृति यूवा क्लब प्रदेश लिगको फाइनलमा प्रवेश गरेको छ । प्रदेश लिगको उपाधिका लागि नव–जनजागृति यूवा क्लबले आगामी १३ गते हुने फाइनल खेलमा सप्तरीसंग प्रतिष्पर्धा गर्नेछ ।

Leave a review