कलैया : कलैयामा नेपाल निजामती कर्मचारी युनियन बाराको ९ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
बाराको सदरमुकाम कलैया स्थित करण राज पार्टी प्यालेसको सभाहलमा आयोजित नेपाल निजामती कर्मचारी युनियन बाराको ९ औं जिल्ला अधिवेशन बुधबार एक कार्यक्रम बिच सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कलैया उपमहानगरपालिकाका पुर्व नगर प्रमुख एवम् नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेश राय यादवले गमलामा पानी हाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिका का पुर्व नगर प्रमुख एवम् नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेश राय यादवले प्रस्तावित निजामती ऐनमा कर्मचारीहरुको हकअधिकारका लागि नेपाली कांग्रेस कटिबद्ध रहेको बताएका छन् ।
उनले कर्मचारीहरु वृद्धि बिकासो कार्यक्रममा नेपाली कांग्रेस पार्टी बाराका उपसभापति मनोज भट्ट र नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय उपाध्यक्ष अशोक रौनियारले शुभकामना मन्तव्य राखेका थिए।
नेपाल निजामती कर्मचारी युनियन बाराका अध्यक्ष हरिओम प्रसादको अध्यक्षतामा भएको कार्यक्रममा निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष अशोक रौनियार,केन्द्रिय उप–महासचिव गणेश भण्डारी,सचिव भुपेन्द्र अधिकारी,चिन्तल आचार्य,केन्द्रिय सदस्य युगल किशोर सिंह,संजय साह,मधेस प्रदेशका सचिव जटाशंकर गुप्ता,रौतहटका अध्यक्ष इसराजुल खान,आयुर्वेद कार्यालय बाराका प्रमुख डाक्टर पुनिता केशरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत कर्मचारी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो । भने सो कार्यक्रमको संचालन देव कुमार मण्डलले गर्नु भएका थिए ।

