कोल्हवी : बाराको कोल्हवीमा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाले संस्थाको बिनियम,निती तथा कार्यबिधी संशोधन पुर्नलेखन एवम अर्धबार्षिक बजेट समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारी संस्थाको मुख्य कार्यालय कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित सभाहलमा चारदिनदेखी जारी कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष एकराज आचार्यको अध्यक्षतामा माघ १६ गते बुधबारदेखी माघ १८ गते शुक्रबारसम्म सहकारी संस्थाको बिनियम, निती तथा कार्यबिधी संशोधन पुर्नलेखनका विषयमा छलफल गरिएको थियो ।
यसैगरी सो कार्यक्रम अन्तरगत माघ १९ गते शनिबारका दिन संस्थाको आ.ब. २०८१/०८२ को अर्धबार्षिक बजेट समिक्षा कार्यक्रम गरिएको संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी दिएका छन ।
कार्यक्रममा तामागढी गु्रपका अध्यक्ष युवराज क्षेत्री,निवर्तमान अध्यक्ष राजहरण चौधरी,पुर्वअध्यक्ष श्याम खनाल,लेखा समिति संयोजक गोबिन्द पौडेल समेतको उपस्थित रहेको थियो ।
यसैगरी कार्यक्रममा संस्थाका सन्चालक समितिका,लेखा समिति,सेवाकेन्द्र सन्चालन समितिका पदाधिकारी तथा सदस्यहरु र संस्थाका सेवा केन्द्र प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
अर्धबार्षिक समिक्षा कार्यक्रममा मुख्य कार्यालयको तर्फबाट मुख्यप्रबन्धक बासुदेव रिमाल,सिमरा सेवाकेन्द्रबाट प्रमुख उमेश सापकोटा,नयाँवस्ती सेवाकेन्द्रबाट प्रमुख सरस्वती खनाल र खोपवा सेवाकेन्द्रबाट प्रमुख कुमारसानु चौधरीले अर्धबार्षिक प्रगति प्रतिवेदन प्र्रस्तुतिकरण गरेको संस्थाका सचिव पद्मजंग प्याकुरेलले जानकारी गराएका छन ।

