प्रथम एनडिए नृत्य निर्देशक अवार्ड–२०८० सम्पन्न

साझेदारी दैनिक
286 पाठक संख्या

नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड–२०८०’ कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । काठमाण्डौँको राष्ट्रिय नाचघर जमलमा सो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

संस्थाका निर्देशक छिरिङ लामाले स्वागत गरे । उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गरेका थिए ।

कार्यक्रममा नृत्याङ्गना आशिका श्रेष्ठले नेपाली शास्त्रीय चर्या कुमारी नृत्य द्वारा स्वागत गरिएको थियो ।

नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरेकाछन् । उनले अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गरे । उनले राज्यले गर्नुपर्ने काम गरेको जनाए । उनले नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताए ।

संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटिएर गर्न लागेको यो अवार्ड विश्वमा नै पहिलो भएको दाबी गरे । कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन दास श्रेष्ठ,नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष शम्भु शाही, जिल्ला समन्वय सभापती सिन्धुपाल्चोकका कृष्ण गोपाल तामाङ लगायत विशिष्ट व्यक्तिहरुको विशेष उपस्थिति थियो ।

कार्यक्रममा एनडिए डान्स स्टुडियो र ड्रीम्स एण्ड डान्सका कलाकारहरु र गायक मदन कुमार थापाले साङ्गितिक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नृत्य निर्देशकहरु नरेन्द्र कोइराला,राम प्यासी, दिपेन्द्र शाही ठकुरी,सञ्जय राजोपाध्याय,रमेश बुढाथोकीहरुलाइ एनडिए टिमका सचिव प्रकाश शर्मा र आर्थिक प्रमुख चुडामणी फुयालले मायाको चिनोद्वारा सम्मान गरे । अवार्ड कार्यक्रमको नोमिनेशनका लागि जुरी टिममा शम्भु शाही,गोबिन्द प्रभात र कृष्ण रसाल थिए ।

फाइनलका लागी जुरीमा भुवन दास श्रेष्ठ,कमल राई, डा.आर.सी.कोइराला,रोचक थापा,जोगेन्द्र के.सी. र प्रदिप रमण सिं डङ्गोल रहेका थिए ।

कार्यक्रम सञ्चारकर्मी कुल तामाङ्ले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार, कलकार,समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

उत्कृष्ट तामाङ जातीको लोक नृत्य निर्देशक (जुरी) अवार्ड–निरु फुयाल,उत्कृष्ट थकाली नृत्य निर्देशक अवार्ड – सोनु लामा, उत्कृष्ट राइ जातीको लोक नृत्य निर्देशक– नविना केसीलाई दिइएको थियो ।

यस्तै उत्कृष्ट हुडकेली नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – मनु लिम्बु,उत्कृष्ट झिझिया नृत्य निर्देशक अवार्ड – नारायणी थापा मगर,उत्कृष्ट शेब्रु नृत्य निर्देशक अवार्ड – निर्जला राइलाई प्रदान गरिएको थियो । यस्तै उत्कृष्ट कौडा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – पर्सन गुरुङ, उत्कृष्ट थारु नृत्य निर्देशक अवार्ड– दिल बहादुर सुनारलाई प्रदान गरिएको थियो ।

सो कार्यक्रममा उत्कृष्ट नेवारी नृत्य निर्देशक अवार्ड– रबिन्सन श्रेष्ठ,उत्कृष्ट तीज नृत्य निर्देशक अवार्ड– सिता माया श्रेष्ठ, उत्कृष्ट मारुनी नृत्य निर्देशक– ममता राइ, उत्कृष्ट टप्पा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड– आक्रिती गुरुङलाई दिइएको थियो ।

यस्तै उत्कृष्ट छलिया नृत्य निर्देशक अवार्ड– सिर्जना माया लामा,उत्कृष्ट धिमाल नृत्य निर्देशक पब्लिक चोइस अवार्ड– नरेश घले, उत्कृष्ट श्रेब्रु नृत्य निर्देशक जुरी अवार्ड – सुनिल गिरी, उत्कृष्ट झिझिया जातीको नृत्य निर्देशक पब्लिक चोइस अवार्ड–किसन बहादुर नेम्वाङ,उत्कृष्ट कौडा नृत्य निर्देशक अवार्ड – अस्मिता पराजुली,उत्कृष्ट तामाङ नृत्य निर्देशक अवार्ड – सरस्वती पोखरेललाई प्रदान गरिएको हो ।

यस्तै उत्कृष्ट टप्पा नृत्य निर्देशक अवार्ड – मन्दिरा न्यौपाने, उत्कृष्ट हुडकेली नृत्य निर्देशक अवार्ड – लक्ष्मी पुरी,उत्कृष्ट धिमाल नृत्य निर्देशक अवार्ड– हिरा तामाङ, सर्वोत्कृष्ट नृत्य निर्देशक पब्लिक चोइस अवार्ड– मनाङ गुरुङलाई दिइएको हो ।

सो कार्यक्रममा सर्वोत्कृष्ट नृत्य निर्देशक जुरी अवार्ड– दिवस गिरी,सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड – युवराज गुरुङ्ले प्राप्त गरेका छन ।

Leave a review

This will close in 0 seconds